
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले असार १ गते पेश गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्याङ्क नमिलेको भनी सरकारको विरोध गर्नुभयो ।
उहाँले बजेट वक्तत्वमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गर्नुभयो । संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आज अपराह्न ३ः०० बजेसम्मका लागि बैठक स्थागित भएको जानकारी दिनुभयो ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित राप्रपा र मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको छ भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन