
न्यूयोर्क । लिम्बू समुदायको महान चाड सिसेस्क्पा तङ्नाम ५०८४ अमेरिकामा भव्य कार्यक्रमसहित मनाउने तयारी गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी जुलाईमा विविध कार्यक्रम गरी सिसेस्क्पा तङ्नाम मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम जुलाई १४ मा क्वीन्सब्रिज पार्कमा आयोजना हुनेछ ।
विगतका वर्ष जस्तै यस वर्षको सिसेस्क्पा तङ्नाममा यालाङ (धननाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), डोरी तान प्रतियोगिता, भाग्यशाली चिठ्ठा, लिम्बू भेषभूषा तथा सामाग्री प्रदर्शनी, बालबालिका लक्षित कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले बताउनुभयो। कार्यक्रममा सहभागिता जनाउने सबैलाई केलाङ र धाननाच नचाउने प्रयास रहने चुम्लुङ अमेरिकाका संस्कार संस्कृति संयोजक कुबेर वनेमले बताउनुभयो ।
साउने सङ्क्रान्तिलाई लिम्बू समुदायले सिस्सेक्पा तङ्नाम भनेर मनाउने गरेका छन् । यो पर्वमा लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन