
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ पुर्याउनुपर्ने बताउनुभएको छ ।
ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘सन् २०२५ मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन’ घोषणासभामा उहाँले नेपाली खानालाई विश्वमाझ लगेर नेपालको पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो ।
‘स्वदेशमा उत्पादित परम्परागत खानालाई सरकारले प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्छ, नेपाली परम्परागत खानालाई विश्वमाझ फैलाउनुपर्छ’ उहाँले भन्नुभयो । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गर्नुभयो । परम्परागत खानालाई प्रवर्द्धन गर्न सरकारलाई निजी क्षेत्रको साथ आवश्यक रहेको उहाँको भनाइ छ ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले परम्परागत खाना प्रवर्द्धनका लागि बूढानीलकण्ठ नगरपालिका लागेको बताउनुभयो । उहाँले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि ग्यास्टोनोमी टुरिजमएशोसिएशन अफ नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
होटल सङ्घ नेपाल (हान_का अध्यक्ष विनायक शाहले नेपाली खानामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि हानले काम गरिरहेको बताउनुभयो । नेपालका पाँच हजारभन्दा बढी होटल नेपाली परम्परागत खाना प्रवर्द्धनमा जुटेको उहाँको भनाइ छ । अध्यक्ष शाहले पर्यटन दशकको समयमा सगरमाथा आधार शिविरमा सेफ्स सम्मेलन गरेर विश्वलाई सकारात्मक सन्देश दिन खोजेको भन्दै एशोसिएशनलाई धन्यवाद दिनुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, रजनी फाउण्डेशनका अध्यक्ष रजनी थापा, वरिष्ठ सेफ्स अर्जुनबहादुर थापा लगायतले देश र विदेशमा नेपाली खाना प्रवर्द्धनका लागि नेपाली सेफ्सहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
एशोसिएशनका संस्थापक अध्यक्ष सुरेशचन्द्र बस्नेतको संयोजकत्वमा सन् २०२५ को मेमा सगरमाथा आधार शिविरमा विश्व सेफ्स सम्मेलन गरिने घोषणा कार्यक्रममा गरिएको थियो । विसं २०७६ मा स्थापना भएको एशोसिएशनले नेपाली परम्परागत खानालाई देश, विदेशमा प्रचार गर्दै आइरहेको अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो ।
वरिष्ठ सेफ्स थापालाई सम्मान
चार दशकदेखि सेफ पेशामा कार्यरत वरिष्ठ सेफ्स अर्जुनबहादुर थापालाई सम्मान गरिएको छ । एशोसिएशनको चौथो वार्षिकोत्सवका अवसरमा आज परम्परागत खानाको देश तथा विदेशमा प्रचार गरी यसको विकासमा महत्त्वपूर्ण योगदान दिनुभएका थापालाई सम्मान गरिएको हो ।
विसं २०४० मा सोल्टी होटलबाट कुक पेशा शुरु गर्नुभएका थापा हाल द छेडि अन्डरम्याट होटल स्वीजरल्याण्डमा कार्यरत हुनुहुन्छ । वार्षिकोत्सवमा उहाँलगायत एनसी एग्रोका सञ्चालक दीपकप्रसाद न्यौपाने, विश्व बौद्ध धर्म सङ्घका अध्यक्ष आनी भीमसुब्बा गुरुङ लगायतलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन