
मकवानपुर । बागमती प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमाथि छलफल बिहीबारदेखि शुरु हुने भएको छ ।
बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयले जनाएको छ । आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गर्नुभएको आव २०८१/८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल गर्न लागिएको हो ।
छलफलपछि असार ८ गतेभित्रै बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।
असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन