
काठमाडौँ । आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्ष्यित आँखा स्वास्थ्य प्रवद्र्धन गर्ने चेतनामूलक पुस्तक लोकार्पण भएको छ ।
पुस्तक नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले ‘आज आयोजित कार्यक्रममा संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
अष्ट्रेलियाली दूतावासको सहयोगमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगङ्गा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अष्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पु-याउनुभएको सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताउनुभयो ।
प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशन लगायत गतिविधिबाट नेपाल–अष्टे«लिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन