+

प्रदेशसभाको महत्व बुझाउनुपर्नेमा सभामुख पाठकको जोड

बागमती । बागमती  प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको महत्व र आवश्यकतालाई जनतासमक्ष लैजान नसक्दा प्रदेशसभाप्रति गलत भाष्य निर्माण भइरहेको बताउनुभएको छ । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अन्तरप्रदेश अध्ययन भ्रमण टोलीसँग आज बिहान भएको अन्तरक्रियामा सभामुख पाठकले प्रदेशसभाको महत्व, आश्वयकता र औचित्यबारे जनतालाई बुझाउन नसक्दा प्रदेशसभा औचित्यहीन भएको भाष्य निर्माण भइरहेकाले प्रदेशसभाको गतिविधिलाई जनतासमक्ष लैजानुपर्ने बताउनुभयो ।

‘प्रदेशसभाका गतिविधिलाई पारदर्शी बनाउन र प्रदेशसभाका सदस्यलाई जिम्मेवार बनाउन हामी लागेका छौँ’ सभामुख पाठकले भन्नुभयो – ‘अहिले प्रदेशसभाका बैठकका गतिविधि सामाजिक सञ्जाल युट्यूबबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएका छौंँ, यसबाहेक ठाउँ ठाउँमा ‘डिजिटल बोर्ड’ राखेर प्रदेशसभाका गतिविधि सार्वजनिक गरिरहेका छौँं । यसबाट जनताले पनि विस्तारै प्रदेशसभाको गतिविधि बुझ्न थालेका छन्भने प्रदेशसभा सदस्यले पनि आफ्नो प्रस्तुतिमा सुधार गरेका छन् ।’

त्यस अवसरमा बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले भाषा विधेयक पारित भएसँगै प्रदेशसभा सदस्यका अभिव्यक्तिलाई नेपाली, नेपाल र तामाङ भाषा गरी तीन भाषामा अनुवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले थोरै जनशक्ति र स्रोतसाधनका बाबजुद प्रदेशसभा व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट