
काठमाडौँ । आर्थिक शक्तिराष्ट्रको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताउनुभएको छ । नियमित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो– ‘यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।’
गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरमा भइरहेकोतनावलाई लिएर छलफल भएको थियो । शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ– ‘चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पु-याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्री पठाइरहेको छ ।
गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन