
कालीकोट । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको हुनुभएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गर्नु भएको हो ।
त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताउनुभयो । ‘कोभिड सङ्क्रमणपछि उहाँले जीवनको अन्तिम समय कस्तो हुन्छ भनेर नजिकबाट भोग्नुभयो । उहाँको त्यतिबेलाको अवस्थाबारे मैले निरन्तर डाक्टरसँग जानकारी लिइरहेको थिए । त्यो कठिन अवस्था जितेर उहाँले नयाँ जीवन पाउनुभएको हो । यो कुरा सबैले थाहा पाउने छन्, सायद कोभिडमा धेरैका अनुभव यस्तै थिए ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुञ्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राख्नुभयो ।
लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाउनुभयो । ‘त्यस व्याधिले वर्षभरी थलिए । फोक्सो र टिभी (क्षयरोग) बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ’ विष्टले भन्नुभयो– ‘फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो । तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु ।’ साहित्यमा आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजना हुने भन्दै उहाँले दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ भन्ने मान्यतासहित आफ्ना सुख दुःख यस किताबमा राखेको उहाँको भनाइ छ ।
यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय (२०७७) प्रकाशन गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग