
काठमाडौँ । श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने भएको छ ।
श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्ध कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइएमएफका अनुसार यो योजना सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै त्यही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट शुरु हुनेछ ।
सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनमा आयात प्रतिबन्ध पूर्णरूपमा हटाउने आइएमएफले उल्लेख गरेको छ । श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले निर्णयलाई जारी राखेको हो ।
श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो ।
आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ । यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन