
काठमाडौँ । अन्तर्राष्ट्रिय युक्रेन शान्ति शिखर सम्मेलनमा वार्ताका लागि ३ समूहमा विभाजित गरिएको छ ।
शान्ति शिखर सम्मेलन आइतबार खाद्य सुरक्षा, आणविक प्रकोपबाट बच्न र रसियाबाट निर्वासित बालबालिकालाई फिर्ता गर्नमा केन्द्रित रहेको छ । रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी समयपछि ९० भन्दा बढी राष्ट्रका नेता र शीर्ष अधिकारीहरूले दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो युरोपेली द्वन्द्व समाधान गर्न समर्पित ऐतिहासिक दुई दिने शिखर सम्मेलनका लागि स्विस पहाडी रिसोर्टमा आफ्नो सहभागिता जनाएका छन् ।
विश्वका नेताहरू आफ्नो समर्थनमा शनिबार एकसाथ उभिएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य प्रस्तावमा अन्तर्राष्ट्रिय सहमति प्राप्त गर्ने आशा व्यक्त गर्नुभयो । ‘विश्वका लागि न्यायपूर्ण शान्तिको अर्थ के हो र यसलाई स्थायी रूपमा कसरी प्राप्त गर्न सकिन्छ भनेर हामीले मिलेर निर्णय गर्नुपर्छ’ जेलेन्स्कीले सम्मेलनमा उपस्थित नेतालाई भन्नुभयो ।
सन् २०२२ को अन्त्यमा प्रस्तुत गरिएको जेलेन्स्कीको १०–सूत्रीय शान्ति योजना र व्यापक समर्थनका साथ पारित भएको युद्धसम्बन्धी संयुक्त राष्ट्रसङ्घको सङ्कल्पको साझा आधारमा वार्ताका बिषयलाई तयार गरिएको छ । सहभागी राष्ट्रलाई छलफलका लागि आइतबार आणविक सुरक्षा, मानवीय मुद्दा र खाद्य सुरक्षा तथा ब्ल्याक सीमा आवागमनको स्वतन्त्रताका मुद्धासहित तीन कार्य समूहमा विभाजित गरिएको हो ।
मानवीय मुद्दाको सत्रमा युद्ध बन्दी, नागरिक बन्दी, कैदी र बेपत्ता भएका व्यक्तिको विषयमा छलफल केन्द्रित रहनेछ । यसले युक्रेनी भूभागबाट रूसमा लगिएका बालबालिकाको फिर्तीबारे पनि छलफल गर्नेछ ।
खाद्य सुरक्षासम्बन्धी वार्ताले कृषि उत्पादन र निर्यातमा आएको मन्दीको अध्ययन गर्नेछ । यस कार्य समूहमा ब्राजिल, बेलायत, जर्मनी, घाना, इजरायल, केन्या, दक्षिण कोरिया, स्पेन, थाइल्यान्ड र टर्की लगायत ३० वटा राष्ट्र समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन