
काठमाडौँ । भारतमा आगलागीबाट चार वन अधिकारीको मृत्यु भएको छ ।
उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा ४जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब ३ सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् ।
वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन ८ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका चार सदस्यहरूको मृत्यु भयो र अन्य चार जना गम्भीर रूपमा जलेका थिए । घाइतेलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारीलाई निर्देशन दिनुभएको छ ।
अधिकारीहरूले राज्यमा वनमा आगलागी हुनुको कारण गर्मी र सुक्खा मौसमलाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन