
काठमाडौँ । युरोपेली सङ्घ (इयु) का ८ राष्टका विदेश मन्त्रीहरूले समूहको विदेश नीति प्रमुखलाई पत्राचार गर्दै सेन्जेन क्षेत्रमा रूसी कूटनीतिज्ञको आवागमन रोक्न आग्रह गरेका छन् ।
उनीहरूले भिसा–मुक्त सेन्जेन क्षेत्रमा रूसी कूटनीतिक राहदानी धारकको स्वतन्त्र आवागमनले ‘घातक गतिविधिलाई सुविधा दिएको दाबी गर्दै मस्कोले इयुभित्र विभाजन रोप्ने प्रयास बढाइरहेको चिन्ता व्यक्त गरेका छन् ।
रूसी कूटनीतिक मिसनका सदस्य र उनीहरूका परिवारका सदस्यको आवागमनलाई उनीहरूको मान्यता प्राप्त राज्यको क्षेत्रमा मात्र प्रतिबन्धित गर्नुपर्ने विश्वास ती मन्त्रीले व्यक्त गरेका छन् ।विदेश नीति प्रमुखलाई पठाएको पत्रमा चेक, डेनिस, डच, एस्टोनियन, लाटभियन, लिथुआनियाली, पोलिश र रोमानियाली मन्त्रीहरूले जुन ११ हस्ताक्षर गरेका हुन् ।
प्रस्तावित उपायले ‘रूसी ‘एजेन्ट’हरूका लागि आवागमन गर्ने ठाउँलाई सङ्कुचित गर्ने उनीहरूले जनाएका छन् । फेब्रअरी २०२२ मा युक्रेनमा रुसी आक्रमण शुरु भएदेखि युरोपेली सङ्घका राष्ट्रले आफ्नो भूमिमा रूसी कूटनीतिज्ञको सङ्ख्या उल्लेख्य रूपमा घटाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन