+

राष्ट्रसघींय परिषदद्वारा गाजामा युद्धविराम गर्ने प्रस्ताव अनुमोदन

काठमाडौँ । राष्ट्रसघींय सुरक्षा परिषदले गाजा युद्धविरामको समर्थन गर्ने अमेरिकी मस्यौदा प्रस्ताव अनुमोदन गरेको छ । 

इजरायल–हमास युद्धको कारण पश्चिम एशियामा बढ्दो तनावको बीच हाल आठौं महिनामा गुज्रि रहेको छ । यसै विच राष्ट्रसघींय सुरक्षा परिषदले सोमबार गाजामा स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको लागि अमेरिकी प्रस्ताव पारित गर्यो । 

अमेरिकाले तयार पारेको पाठले हमासलाई राष्ट्रपति जो बाइडेनले मे –३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको छ, जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको छ  । भिटो शक्ति प्रयोग नगर्ने निर्णय पछि प्रस्तावको पक्षमा १४ मत, बिरूद्ध शून्य र रूसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित भएको थियो ।

राष्ट्रसङुघका अनुसार स्वीकृत प्रस्तावको उद्देश्य तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्नु हो । पहिलो चरणमा “महिला, वृद्ध र घाइते लगायत बन्धकको रिहाइ, मारिएका बन्धकको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान“ गरी तत्काल, पूर्ण युद्धविरामको आह्वान गरिएको छ ।

यसले इजरायली सैनिकहरूलाई गाजाको जनसङ्ख्या भएका क्षेत्रहरू छोडी प्यालेस्टिनीलाई आफ्नो घर तथा समुदायमा फर्कन अनुमति दिन र मानवीय सहायता व्यापक र सुरक्षित रूपमा वितरण गर्न माग गर्दछ ।

राष्ट्रसङुघका अनुसार दोस्रो चरणले– ‘गाजामा रहेका सबै बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको बदलामा’ शत्रुताको स्थायी अन्त्ये अनुभुती गर्नेछ । 

अर्कोतर्फ, तेस्रो चरणमा ‘गाजाका लागि प्रमुख बहु–वर्षीय पुनर्निर्माण योजना’ हुनेछ र पट्टीमा मृतक बन्धकको अवशेषहरू इजरायललाई फिर्ता गरिनेछ ।

राष्ट्रपति बाइडेनले उक्त सम्झौतालाई “युद्धविराम मात्र नभई अनिवार्य युद्धको स्थायी अन्त्ये गर्ने सम्झौताको रूपमा वर्णन गर्नु भएको थियो । उहाँले सम्झौताका सर्तहरू कतारले हमासको नेतृत्वलाई हस्तान्तरण गरेको बतानु भएको थियो ।  

यसैबीच, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले यदि हमासले सुरक्षा परिषद्ले अनुमोदन गरेको सम्झौतामा सहमत भयो भने लडाइँ रोक्न सक्ने बताउनु भएको थियो ।  

उहाँले हमासले अब स्पष्ट रूपमा अन्तर्राष्ट्रिय समुदाय सम्झौताको पछाडि एकजुट भएकाले जिवन जीवन बचाउन गाजामा प्यालेस्टिनी नागरिकलाई पुनर्निर्माण र निको हुन मद्दत गर्नेछ । ‘बन्धकहरूलाई ८ महिना कैदपछि उनीहरूका परिवारसँग पुनर्मिलन गर्ने सम्झौताको पछाडि एकजुट हुनुहोस् ।’

राजदूत थोमस–ग्रीनफिल्डले वर्तमान अवस्थाबाट टाढा रहने मौका र अमेरिकाले इजरायलले  जिम्मेवारी सुनिश्चित गर्न सहयोग गर्नेछ, तथापि, सबै ‘हमासले सम्झौता स्वीकार गरेको मानेर’ गरिनेछ ।

प्रस्तावमा, संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजा पट्टीमा जनसङ्ख्यिकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अनुमति दिँदैन, जसमा एन्क्लेभको क्षेत्र घटाउने  कार्य  पनि समावेश छ ।

यसले दुई–राज्य समाधानको दृष्टिकोणप्रति परिषद्को ‘अटुट प्रतिवद्धता’ पनि दोहोÞर्याउँछ । यस सन्दर्भमा प्यालेस्टिनी प्राधिकरणअन्तर्गत वेस्ट बैंकसँग गाजा पट्टीलाई एकीकृत गर्ने महत्त्वलाई जोड प्रस्तावमा गरिएको छ ।

अक्टोबर–७ मा हमासले गरेको आक्रमणपछि गाजामा द्वन्द्व बढेको थियो, जहाँ करिब दुई हजार पाँच सय आतङ्ककारीले गाजा पट्टीबाट इजरायलको सीमा पार गर्दा हताहत र बन्धक कब्जा गरियो ।

त्यसबेला देखि इजरायलले गाजा आक्रमणलाई नागरिक हताहत कम गर्ने प्रयास गर्दै सम्पूर्ण आतङ्कवादी समूहलाई उन्मूलन गर्ने लक्ष्यका साथ हमासको पूर्वाधारलाई लक्षित गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै