
काठमाडौँ । यमनमा डुङ्गा डुब्दा कम्तीमा ३९ आप्रवासीको मृत्यु भएको छ । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तीमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले जनाएको छ ।
यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुङ्गा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् । ७१ जनाको उद्धार गगरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।
प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासी द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् । अप्रिलमा, दुई डुङ्गा जिबूतीको तटमा दुई साताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो । आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५०जनाको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँचसहित मार्गमा कम्तीमा ६ सय ९८ जनाको मृत्यु भएको बताएको छ ।आइओएमले मङ्गलबार जिवितलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ ।
यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ । धेरैले साउदी अरब र अन्य खाडी अरब देशमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदूर वा घरेलु कामदारको रूपमा काम गर्छन ।
अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकलाई मार्च २०२२ र जुन २०२३ को बिचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने ‘कम्तीमा सयौं’ इथियोपियालीको हत्या गरेको आरोप लगाएको थियो । रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतमा आधारित नभएको भन्दै खारेज गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन