
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संकटग्रस्त समुन्द्रलाई बचाउने कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ ।
‘समुन्द्रले पृथ्वीका सबै जीवनलाई जोगाउँछ र बढाउँछ, तर हाम्रो समुन्द्र सङ्कटमा छ र यसको दोषी हामी हौँ’ महासचिवले हरेक वर्ष जुन ८ मा मनाइने विश्व महासागर दिवसका लागि दिनुभएको सन्देशमा उल्लेख छ ।
‘बढ्दो समुन्द्रलाई उत्प्रेरित गर्ने जलवायु परिवर्तनले साना टापु, विकासोन्मुख राज्य र तटीय जनसङ्ख्याको अस्तित्वलाई खतरा पुर्याउनुका साथै हामी सबैलाई असर गर्ने चरम मौसम घटना पनि निम्त्याइरहेको छ’ उहाँको सन्देशमा भनिएको छ ।
उहाँले समुन्द्री अम्लीकरणले समुन्द्री जैविक विविधता र स्थानीय पर्यटनलाई जोखिममा पार्ने र अस्थिर तटीय विकास, अत्यधिक माछा मार्ने, गहिरो समुन्द्री खानी, अनियन्त्रित प्रदूषण, र प्लास्टिक फोहोरले विश्वभरका समुन्द्री पारिस्थितिक प्रणालीको विनाश गर्ने जानकारी गराउनुभयो ।
गुटेरेसले गत वर्ष जुनमा लागू गरिएको समुन्द्री कानुन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको “राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको समुन्द्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग“ महासन्धीलाई समुन्द्री शासन सम्बन्धी सबैभन्दा महत्त्वपूर्ण नयाँ सन्धिको रूपमा वर्णन गर्नुभएको छ ।
यस वर्ष हुने ‘भविष्यको शिखर सम्मेलन’ र अर्को वर्ष फ्रान्समा हुने ‘संयुक्त राष्ट्र महासागर सम्मेलन“का महत्वपूर्ण अवसरको उल्लेख गर्दै गुटेरेसले सरकार, व्यवसाय, लगानीकर्ता, वैज्ञानिक र समुदायलाई ‘हाम्रो बहुमूल्य समुन्द्री र तटीय पारिस्थितिक प्रणालीको पुनर्स्थापना र संरक्षण गर्न सक्ने कार्य गर्न प्रतिवद्ध हुन’ आह्वान गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन