
काठमाडौँ । गाजा क्षेत्रबाट इजरायली बन्धकहरुको उद्धार गरिएको छ । इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट ४ जना बन्धकको सफलतापूर्वक उद्धार भएको घोषणा गरेको छ।
हमास लडाकू समूहले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवमा चारै जनालाई बन्धक बनाएको थियो। इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजा पट्टीमा जारी विशेष अपरेसनमा चारजनालाई फेला पारिएको बताएका हुन् ।
आज बिहान नुसिरातमा संयुक्त आईडीएफ, आइएसए र इजरायल पुलिस (यामाम) को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएको नोआ अर्गामानी , अल्मोग मीर जान , आन्द्रे कोज्लोभ र स्लोमी जिभ गरि चार इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई नुसिरातको दुईवटा छुट्टै स्थानबाट उद्धार गरिएको थियोू, विज्ञप्तिमा जानकारी गराइएको छ।
इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्तिलाई पुष्टि गर्दै सबै बन्धकहरु सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ । ‘उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ’सेबा’ तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ। चारजनालाई हमास लडाकु सङ्गठनले अक्टोबर ७ मा ’नोभा’ सङ्गीत महोत्सवबाट उनीहरुलाई अपहरण गरेको थियो’ मन्त्रालयले जानकारी गरायो ।
अक्टोबर ७ देखि गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३६ हजार ८०१ प्यालेस्टिनी मारिएका र ८३ हजार ६८० घाइते भएको र पछिल्लो २४ घण्टामा ७० जना प्यालेस्टिनी मारिएको र १ सय ५० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन