
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शत्रुता अन्त्य गर्न आह्वान गर्दै लेबनान र इजरायलबीचको सीमा रेखामा व्यापक द्वन्द्वको जोखिम रहेको बताउनुभएको छ ।
गाजा ध्वस्त पार्ने हमाससँगको आठ महिना लामो युद्धपछि उत्तरी सीमा क्षेत्रको भ्रमण गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार इजरायली सीमामा ‘धेरै तीव्र कारबाहीका लागि तयारी भइरहेको बताउनुभएपछि राष्ट्रसङ्घका प्रमुखको यो धारणा आएको हो ।
इजरायलले गाजा पट्टीमा हमासविरुद्ध युद्ध गरिरहेको बेला हालैका दिनहरूमा हेजबुल्लाह र इजरायलबीच दिनहँ जसो आक्रमण बढेको छ । दुवै समूहलाई इरान लगायत अन्य सहयोगीहरूले समर्थन गरेका छन् ।
“ब्लू लाइन’ पार गरेर गोलीबारी जारी दलहरूलाई राखेका महासचिवले तत्काल गोलीबारी बन्द गर्न आह्वान गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले इजरायल र लेबनानबीचको सीमा रेखालाई उल्लेख गर्दै एक विज्ञप्तिमा यस्तो बताउनु भएको छ ।
निरन्तरको गोलीबारीले यस क्षेत्रका लागि विनाशकारी परिणामसहित व्यापक द्वन्द्व निम्त्याउन सक्ने उहाँले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन