
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।
काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।
नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकालेको थियो । बुधबार साँझ भीरमा अड्किएका्े अबस्थामा शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन