
काठमाडौँ । जापानले ‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने लक्ष्य लिएको छ ।
पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे) को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।
‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’ जस्ता खेलको उद्गमस्थल र हास्य र कार्टुनका लागि प्रसिद्ध जापानले रचनात्मक उद्योगलाई राष्ट्रिय विकासको मुख्य श्रोतको रूपमा लिएको छ ।
जापानले मङ्गलबार जारी गरेको संशोधित आर्थिक रणनीति ‘कुल जापान’ अन्तर्गत सरकारले सन् २०३३ सम्ममा यी सांस्कृतिक सम्पत्तिको निर्यातलाई २० ट्रिलियन येन (करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर) पुर्याउने लक्ष्य राखेको बताएको छ ।
हालका वर्षमा, एनिमे र मान्गा जस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको रणनीतिको दस्तावेजमा जनाइएको छ ।
यी क्षेत्र साथै फेसन, कस्मेटिक्स र ‘इनबाउन्ड टुरिजम’ लगायतका सम्बन्धित उद्योगको वृद्धिलाई मिलाएर जापानले सन् २०३३ सम्ममा ५० ट्रिलियन येनको आर्थिक लाभको लक्ष्य राखेको छ ।
यस रणनीतिमा अङ्ग्रेजी र भियतनामी लगायत भाषामा अवैध रूपमा एनिमे र मान्गा निःशुल्क वितरण गर्ने पाइरेसी वेबसाइट माथि कडा कारबाही गर्ने योजना पनि समावेश रहेको छ ।
विश्वव्यापी बजार विस्तार गर्न पाइरेसी वेबसाइटविरुद्धको उपायलाई सुदृढ पार्न आवश्यक रहेको ‘कुल जापान’ रणनीतिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन