
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र मनसुनको सुरुआतको तयारीबारे समीक्षा गर्नुभएको छ ।
राजधानी नयाँदिल्लीमा आफ्नो निवासमा भएको बैठकमा उहाँलाई भारती मौसम विभाग (आइएमडी) को पूर्वानुमानअनुसार राजस्थान, गुजरात र मध्यप्रदेशका केही भागमा गर्मीको लहर जारी रहने सम्भावना रहेको जानकारी गराइएको छ ।
यस वर्ष मुलुकका अधिकांश भागमा मनसुन सामान्य र सामान्यभन्दा माथि र प्रायद्वीपीय भारतका केही भागमा सामान्यभन्दा तल रहने सम्भावना रहेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
प्रधानमन्त्री मोदीले आगलागीका घटना रोक्न र व्यवस्थापनका लागि उचित अभ्यास गर्न निर्देशन दिनुभयो । ‘अस्पताल र अन्य सार्वजनिक स्थानहरूको फायर अडिट र विद्युत सुरक्षा अडित नियमितरूपमा गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
उहाँले जङ्गलहरूमा फायरलाइन मर्मत र बायोबासको उत्पादक प्रयोगका लागि नियमित अभ्यासको योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले वनमा लागेको आगलागीको समयमै पहिचान र त्यसको व्यवस्थापनमा ‘वन अग्नि’ पोर्टलको उपयोगिताका बारेमा उल्लेख गर्नुभयो ।
स्रोतहरूका अनुसार मुलुकका धेरै भाग प्रचण्ड गर्मीको चपेटामा परेसँगै राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) ले धेरै राज्यमा हिटस्ट्रोकबाट कम्तीमा ५६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
भारतीय मौसम विभागले दक्षिण–पश्चिम मनसुन केरलको छटसँग ठोक्किएको र बिहीबार उत्तरपूर्वी भारतका केही भागमा अगाडि बढेको बताएको छ । यस वर्ष मनसुनको सुरुआत दुई दिनअघि भएको छ । मनसुनको शुरुवात सामान्यतया जुन १ मा हुन्छ ।
यस वर्ष केरलमा ठूलो मात्रामा प्रि–मनसुन वर्षा भएको छ । सन् २०२३ मा मनसुन सिजन (जुन–सेप्टेम्बर) मा पूरा मुलुकमा वर्षा लामो अवधिको औसत ९४ प्रतिशत थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन