
काठमाडौँ । श्रीलङ्का अविरल भारी वर्षाको कारण बाढी र डुवानको उच्च जोखिममा परेको छ । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ ।
सिंचाइ विभागका अनुसार आइतबार बिहानैदेखि परेको भारी वर्षाका कारण कोलम्बोको बाहिरी इलाकामा रहेको प्रमुख केलानी नदी र श्रीलङ्काको दक्षिणमा रहेको जिन नदीमा पानीको सतह उच्च तहसम्म पुगेको छ । डीएमसीले तल्लो क्षेत्रमा बसोबास गर्ने परिवारलाई उच्च स्थानमा जान सल्लाह दिएको जनाएको छ ।
मौसम विज्ञान विभागले आइतबार जारी गरेको पछिल्लो मौसम चेतावनीमा पश्चिमी र दक्षिणी प्रान्तमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना रहेको र सर्वसाधारणलाई घरभित्रै बस्न चेतावनी दिइएको छ ।
डीएमसीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य आवश्यक परेमा सतर्क रहन पनि सुरक्षाकर्मीलाई अनुरोध गरिएको छ । थप वर्षाको सम्भावना रहेको भन्दै शिक्षा मन्त्रालयले सोमबार देशभरका सबै सरकारी विद्यालय बन्द हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन