
काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी बिस्फोट भएको छ । पूर्वी इन्डोनेसियामा आइतबार ज्वालामुखी बिस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटपछि सात किलोमिटर माथि आकाशमा खरानीले बादलजस्तै ढाकेको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमद्वारा सार्वजनिक तसिबर तथा भिडियोमा देख्न सकिन्छ ।
यो ज्वालामुखीबाट यस वर्षको शुरुदेखि अहिलेसम्म भएका करिब १०० वटा बिस्फोटको पछिल्लो घटना हो ।
उत्तरी मालुकु प्रान्तको हलमहेरा टापुमा रहेको माउन्ट इबुमा स्थानीय समयअनुसार दिउँसो १२ः४५ बजे विस्फोट हुँदा खरानीको बाक्लो बादल हावाले धेरै माथि र टाढासम्म पुगेको भूगर्भ विभागका प्रमुख मोहम्मद वाफिदले बताउनुभयो ।
मे महिनाको मध्यदेखि देशको उच्च सतर्कता तहमा रहेको ज्वालामुखीबाट निस्केको विस्फोट ६ मिनेट १३ सेकेन्डसम्म चलेको उहाँले बताउनुभयो ।
राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्वालामुखीको निगरानी केन्द्र र त्यसको छेउमा रहेको उद्धार गृहतर्फ हावाले खरानी पु¥याएको तर उद्धार गरिएका व्यक्तिमा कुनै त्रास नरहेको उहाँले बताउनुभएको छ ।
‘मानिसहरूलाई बाहिरी गतिविधिबाट जोगिन र घरभित्र आश्रय लिन सल्लाह दिइएको छ भने बालुवा मिसिएको खरानी अझै पनि वर्षा भइरहेको छ’ अब्दुलले बताउनुभयो ।
उहाँले श्वासप्रश्वासमा समस्या आउन नदिन मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो ।
मे १६ मा ज्वालामुखीलाई उच्च सतर्कता तहमा पु¥याइएपछि अधिकारीहरूले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखीको केन्द्र चारदेखि सात किलोमिटर ९२।५–४।३ माइल० को बीचमा बहिष्करण क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएका थिए।
स्थानीय विपद् न्यूनीकरण निकायको तथ्याङ्कअनुसार अधिकारीहरूले त्यसको केही समयपछि नै त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरेका थिए भने आइतबारसम्म दुई हजार ५०० भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा सारिएको थियो ।
इबु इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी स्थलमध्ये एक हो । यहाँ गत वर्ष २१ हजारभन्दा बढी विस्फोट भएका थिए ।
जियोलोजी एजेन्सीका अनुसार इबुमा सन् २०२३ मा दैनिक औसत ५८ वटा विस्फोट भएका थिए ।
इन्डोनेसिया, एक विशाल द्वीपसमूह राष्ट्र, प्रशान्त ‘रिंग अफ फायर’ रहेको कारण बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधिको सामना गर्नुपर्छ ।
गत महिना उत्तरी सुलावेसी प्रान्तको माउन्ट रुआङमा आधा दर्जनभन्दा बढी पटक विस्फोट हुँदा आसपासका टापुका हजारौं बासिन्दालाई अन्यत्र जान बाध्य बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन