
दाङ । चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।
बहसमा सहभागी नेपाली चलचत्रिका अभिनेता निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेको बताउनुभयो । ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र नै सबैभन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो’ उहाँले भन्नुभयो ।
कुनै ठाउँको पर्यटनको विकासमा चलचित्र छायाङ्कनले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपालमा धेरै राम्रा ठाउँमा चलचित्र छायाङ्कन गर्न सकिने भए पनि निर्माताहरुको ध्यान जान नसकेको उहाँले बताउनुभयो । ‘दाङमै पनि फिल्म छायाङ्कनका लागि राम्रा(राम्रा ठाउँ छन्’ उहाँले भन्नुभयो– ‘तर अहिलेसम्म त्यस्ता ठाउँमा फिल्म छायाङ्कन गर्न सकिएको छैन ।’ नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको वृद्धि गर्ने उहाँको भनाइ छ ।
त्यही कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो पालिकामा सुकेकोट, छहरा, हारीचारलगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गर्न सकिने पर्यटकीय स्थल रहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द आचार्यले पर्यटकीय गन्तव्यहरुको प्रचार गर्न नसक्दा ती क्षेत्र ओझेलमा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सबै पालिकाले आ(आफ्नो ठाउँको प्रचार गर्नुपर्ने बताउनुभयो ।
शान्तिनगर– ३ सुइकोट पश्मिम दाङको शक्तिपीठका रुपमा प्रसिद्ध छ । मन्दिरमा नवदुर्गाको अष्टमीका दिन बलि चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन