
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्वाधार क्षेत्रका कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
मूल रुपमा यतिखेर बजेट कार्यान्वयनका जटिलता पहिल्याएर सरकार त्यसलाई कार्यान्वयन गर्ने योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले अहिले लगानीमैत्री वातावरण बनाउन नीतिगत रुपमा त्यसको निरुपण गरिएको र त्यो सम्भावना प्रचुर रहेको बताउनुभयो ।
‘मैलै सम्हालेको मन्त्रालयमा पनि थुप्रै लगानीकर्तासँग निरन्तर रुपमा छलफल पनि भएको छ र लगानी सम्मेलनले त्यो खालको सम्भावनाको ढोका खोलेको छ ’ – उहाँले भन्नुभयो– ‘अब सरकारले नितीगत रुपमा रहेका जटिलतालाई हटाउँदै जाने हो भने आन्तरिक तथा बाह्य लगानीका क्षेत्र विस्तार हुनेछन् । ’
उहाँले नेपालको जनशक्ति पलायन हुने समस्या समाधानका लागि सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रको उद्यमशिलतामा विशेषतः युवालाई सहभागी गराइने बताउनुभयो । मूलतः कृषि, पर्यटन, आइटी क्षेत्र, उद्यमशिलता, स्वास्थ्य, शिक्षालाई विशेषतः सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले