
काठमाडौँ। समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन नेपाल पत्रकार महासङ्घसमक्ष आग्रह गरेको छ ।
महासङ्घको गत वैशाख २१–२२ गते काठमाडौँमा सम्पन्न २७औँ महाधिवेशनले निर्देश गरेबमोजिम यही जेठको २६ गते सम्पन्न हुनुपर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनुपर्ने सूचीमा गम्भीर जालझेल गर्दै गैरपत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही पदाधिकारी तल्लीन भएको पाइएको सङ्गठनको दाबी छ ।
यसअघि सदस्यता शुद्धीकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासङ्घले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो । सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो ।
उक्त सूचीमा छुटेका सदस्यका हकमा मुख्यमुख्य सङ्गठनबीच छलफल गरी सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने भनिएको थियो । “तर चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएका छन्,” अध्यक्ष विशवमणि सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
विशेषतः प्रेस चौतारीले महासङ्घ नेतृत्वमा रहेका प्रेस सेन्टरसम्बद्ध पदाधिकारीमार्फत शुद्धीकरणबाट गुमेको आफ्नो सङ्ख्या पुर्ताल गर्ने नाममा त्यस्तो काम गरेको सङ्गठनको दाबी छ । “ती नाम थप्ने क्रममा हाम्रो सङ्गठनमा आबद्ध रही पत्रकारिता मात्रै गर्ने थुप्रै पत्रकारका नाम रातारात गायब पारिएको छ, हामी यस्तो अनैतिक तथा निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौँ, तसर्थ, यस्तो छलछामपूर्ण सदस्यता सूची स्वीकार गर्ने पक्षमा छैनौँ,” विज्ञप्तिमा भनिएको छ ।
महासङ्घलाई पत्रकार मात्रैको साझा संस्था बनाउनुपर्छ भन्ने मान्यतामा आफ्नो सङ्गठन अडिग रहेको उल्लेख गर्दै महासङ्घको नेतृत्वलाई सदस्यता सूचीमा भएको जालझेल तथा तिकडमबाजीलाई सच्याउनका निम्ति सङ्गठनले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै