
काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका(२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै गोकर्णेश्वर नगरपालिका(४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ । त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह