
काभ्रे । बनेपास्थित ऐतिहासिक चण्डेश्वरी जात्राका अवसरमा आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । तीन दिनसम्म चल्ने जात्रा अवधिभर महोत्सव पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।
काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रेपलाञ्चोक पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा संयुक्त रूपमा आयोजित महोत्सवमा बनेपा नगरप्रमुख शान्तिरत्न कायस्थले जेरी पकाएर र उपप्रमुख विमला सापकोटाले सेल पकाएर उद्घाटन गर्नुभयो । शाक्य र सापकोटाले रैथाने परिकार प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने बताउनुभयो ।
सांस्कृतिक सदभाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको होटेल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताउनुभयो । महोत्सव नाफामूलकभन्दा पनि रैथाने खाना प्रवर्द्धनका लागि आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार चण्डेश्वरी जात्राको भोजमा तयार गरिने ‘समयबजी’ महोत्सवको मुख्य आकर्षण बनाइएको छ ।
महोत्सवका २५ मध्ये १५ प्रदर्शनी कक्षमा नेवारी रैथाने परिकार राखिएको होटल व्यवसायी महासङ्घका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बाँकी १० वटा प्रदर्शनी कक्षमा भने अन्य खानाका परिकार छन् । श्रेष्ठले जात्रामा आउने आफन्त, इष्टमित्र एवं पाहुनालाई लक्षित गरेर महोत्सव आयोजना गरिएको बताउनुभयो ।
यसैबीच चण्डेश्वरी जात्राअन्तर्गत आज बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरी औपचारिक रूपमा जात्रा सुरु गरिएको हो । यात्रामा हजारौँ धर्मालम्बीको उपस्थिति छ । तुलसीको काठद्वारा निर्मित रथ आजै बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिरतर्फ लगिनेछ ।
अन्तिम दिन देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमापश्चात् पुनः मन्दिर पुर्याएपछि जात्रा सकिने छ । जात्रा अवधिभर स्थानीयका घरघरमा भोज गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै