
काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ ।
असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुएको छ । ‘नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको छ । महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । सो अवसरमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ’ निर्देशक क्षेत्रीले भन्नुभयो ।
उहाँले जेठ १५ गतेसम्म नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि समय दिइएको जानकारी दिनुभएको छ । महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रिया लगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह