
काठमाडौँ । जलवायु विषयका जानकारहरुले हिमाली पारिस्थितिकीय प्रणाली हालैका वर्षमा जलवायु परिवर्तनका प्रभावप्रति विशेषरूपमा संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।
आजदेखि शुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को पहिलो सत्रका वक्ताहरुले अन्य स्थलीय बासस्थानभन्दा हिमालमा छिटो दरमा जलवायुका कारण प्रभावित भइरहेका तथ्य पेश गर्नुभयो । सत्रमा बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरी, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहाका लागि सहायक निकाय (साब्टा)का अध्यक्ष ह्यारी भिरेउ, किर्गिस्थानका पर्वतीय मुद्दाहरूमा राष्ट्रपतिका पूर्वविशेष दूत नुर्लान आइटमुजाइभ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
यस सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मुख्य वक्ताका रुपमा हुनुहुन्थ्यो भने यस सत्रको सञ्चालन जलवायुविज्ञ मन्जित ढकालले गर्नुभएको थियो । विश्वको ४० प्रतिशत जनसङ्ख्या अप्रत्यक्ष रूपमा पिउने पानी, कृषि, जैविक विविधता र जलविद्युतका लागि हिमाली स्रोतमा निर्भर छ, जुन विश्व तापमानमा वृद्धिका कारण गुम्न सक्छ ।
हिमपहिरो र पहिरोजस्ता चरम घटना सामान्य हुँदै गएकाले जलवायु परिवर्तनले खतराहरूको जोखिम बढाउने सम्भावना पनि छ । नीति निर्माता, वैज्ञानिक, व्यवसायी र नागरिक समाजका संस्थालाई एकसाथ ल्याएर हिमालमा जलवायु परिवर्तनसम्बन्धी विज्ञान र प्रमाणसम्बन्धी सूचना र ज्ञानको आदानप्रदानलाई प्रवद्र्धन गर्न यो सत्रको आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह