
काठमाडौँ । मुक्त कमैया महिला विकास मञ्च, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ, कमलरी, हरवाचरवा तथा मुक्त कमैया समाजलगायत संस्थाले न्यायिक पुनःस्थापनाका बाँकी काम तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
आज नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालय सिंहदरबारमा नेताहरूलाई ज्ञापनपत्र बुझाउँदै ती संस्थाका प्रतिनिधिहरूले पुनःस्थापना हुन बाँकी रहेका मुक्त हलियाहरूको समस्या समाधान गर्नुपर्ने, विसं २०६५ साल भदौ २१ गते नेपाल सरकार मुक्त हलिया महासंघबीच भएको पाँच बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्थ्याङ्क सङ्कलनका क्रममा छुटेका मुक्त हलिया, कमैया तथा कमलरी, हरवाचरवाहरूको तथ्याङ्क सङ्कलन गर्नु पर्ने मागमा सहजीकरणका लागि आग्रह गर्नुभएको हो ।
मुक्त हलिया आन्दोलनकर्मी गोरख सार्कीले आफ्ना माग सम्बोधनका लागि सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौँ आएका र त्यसक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई सहयोगका लागि आग्रह गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रा माग सम्बोधन र बजेट व्यवस्थापनका लागि आग्रह गर्न हामी काठमाडौँ आएका छौँ । त्यसक्रममा राजनैतिक दल नेता तथा सांसदहरूको ध्यानाकर्षण गराउने योजनाअनुसार आज एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सांसद प्रेमबहादुर आले लगायत नेतालाई ज्ञापनपत्र बुझाएका छौँ । अब प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।’
टोलीले आजै एकीकृत समाजवादीका प्रमुख सचेतक तथा सांसद मेटमणी चौधरीलाई भेट गरी ज्ञापनपत्र पेश गरेको हलिया महासंघका इश्वर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले आज एकीकृत समाजवादीका प्रमुख सचेतक र नेतालाई भेटर आफ्ना मागबारे ज्ञापनपत्र पेश गरेका छौँ, उहाँहरुले आफूले सक्ने सहयोग गर्ने आश्वासन दिनु भएको छ । अब यसैगरी अन्य नेताहरुलाई पनि ध्यानाकर्षण गराउँछौँ ।
ज्ञापनपत्र बुझाउनका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा मधेस प्रदेशका मुक्त कमैया महिला विकास मञ्च, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ, कमलरी, हरवाचरवा तथा मुक्त कमैया समाजका पदाधिकारीहरूको टोली काठमाडौँमा आएको मुक्त कमैया महिला विकास मञ्चकी सिमा चौधरीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री