
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शुरू भएको छ ।
यो जात्रा विशेषगरी स्थानीय नेवार समुदायले मनाउने गर्छन् । वर्षेनी चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाइने जात्राका लागि यहाँका बासिन्दाले बनेपा सहरको उत्तरपूर्वी क्षेत्रमा अवस्थित चण्डेश्वरी मन्दिर र परिसर बेहुलीझैँ सिङ्गारिएको छ । बनेपालीले यो जात्रालाई निकै महत्व दिने गरेका छन् ।
जात्राको पहिलो दिन आज हनुमान ढोकाबाट ल्याइने तरवार ९खड्ग०सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १२ वटा बोका बली दिई ‘सरकारी पूजा’ गरिने र मत पूजा ९चिराग यात्रा० गरी औपचारिक रूपमा जात्रा सुरू हुने स्थानीय मनिष भोछिभोयाले बताउनुभयो । उहाँका अनुसार करिब दुई हजार पाँच सय वर्ष अघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्राका अवसरमा आज रातभरी पूजाका साथै स्थानीयका घरघरमा भोज शुरु गरिन्छ । भोलिपल्ट बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ । भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।
रथ मन्दिर लैजाने बेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप उर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ भन्दै साहस थपिदिने काम पनि हुन्छ । खटलाई मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् ।
जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज हुने गर्दछ । बुढापाकाले टोलटोलमा बसी विहान बेलुका भजन गाउँछन् । सडक, गल्लीमा जात्रा मनाउने र हेर्नेको भीडभाड हुन्छ । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेका स्थानीय राजचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुशी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।
जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । सरकारको तर्फबाटसमेत पूजागर्ने भएकाले यसको महत्वले अझ व्यापकता पाएको बनेपाली बताउँछन् । पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधी गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको स्थानीय साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । ‘जात्राको शुरूदेखि नै ठाउँठाउँमा बली दिइन्छ । रथलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने प्रचलन छ । यस्तै तेस्रो दिन अपरान्ह मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने प्रचलन छ’ उहाँले भन्नुभयो ।
बनेपा नगर कार्यालयले वर्षेनी जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाँई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास छ । यसअवधिमा बनेपा र आसपासमा रहेका संघ, संस्था तथा विद्यालय बन्द गरिन्छन् ।
जात्रामा बनेपाका मानन्धर, भोछिभोया, राजवाहक लगायत स्थानीय नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । धार्मिक कथन एवम् किंवदन्तीअनुसार करिब २५ सय वर्ष अगाडि कुनै पनि पुरुषले मार्न नसक्ने वरदान पाएका दैत्यराज चण्डासुरलाई भगवतीको रूपमा प्रकट भई बध गरेर देवताको रक्षा गरेको खुशियाली आराध्यदेवी चण्डेश्वरी माइको जात्रा मनाइँदै आइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री