
काठमाडौँ । रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय सुनाएको छ । उहाँमाथि जर्मनीसँग रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य डाटा साझा गरेको आरोप लगाइएको हो ।
हालैका वर्षमा हाइपरसोनिक्समा अनुसन्धानमा संलग्न धेरै प्रमुख वैज्ञानिक मुलुकको गोप्य कुरा विदेशी मुलुकलाई साझा गरेको आरोपमा पक्राउ परेका छन् र कारागार पुगेका छन् ।
सेन्ट पिटसबर्गको एक अदालतले भौतिक वैज्ञानिक अनातोली मास्लोभलाई देशद्रोहको दोषी पाएको र १४ वर्षको कारागार सजाय सुनाएको सहरका अदालतको प्रेस सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा बताएको छ । अदालतले मुद्दालाई ‘अति गोपनीय’ श्रेणीमा राखिएकाले मुद्दाको सुनुवाइ बन्द सत्रमा गरिएको बताएको छ ।
तथापि रुसी मिडिया आउटलेटहरूले मास्लोभमाथि रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गोप्य डाटा जर्मन गुप्तचरलाई दिएको आरोप लगाइएको बताएका छन् । मास्लोभले गत साता सजाय सुनाउनुअघि अदालती सुनुवाइमा आरोपलाई अस्वीकार गर्नुभएको छ । ‘उहाँले आफूले कुनै पनि गल्ती वा गैरकानूनी काम नगरेको बताउनुभयो, आफ्नो जीवन परिवार र घरेलु विज्ञानका लागि समर्पित गरेको बताउनुभयो, कथित जानकारी हस्तान्तरण नगरेको र यो कुनै राजकीय गोप्य नभएको बताउनुभयो मास्लोभका वकिललाई उद्धृत गर्दै सरकारी टिएएसएस समाचार एजेन्सीले भनेको छ ।
सन् २०२२ जुनमा पक्राउ पर्नुभएका मास्लोभ हाइपरसोनिक्समा अनुसन्धानमा विशेषज्ञ हुनुहुन्छ । हाइपरसोनिक्स रुसको उन्नत क्षेप्यास्त्र कार्यक्रमका लागि महत्त्वपूर्ण अनुप्रयोग भएको सैद्धान्तिक क्षेत्र हो । उहाँ रुसको विज्ञान एकेडेमीको साइबेरिया शाखाको सैद्धान्तिक तथा एप्लाइड मेकानिक्स इन्स्टिच्युटमा मुख्य शोधकर्ता हुनुहुन्थ्यो । मास्लोभले काम गर्नुभएको नोभोसिबिर्स्कका प्रमुखसहित कम्तीमा तीन अन्य वैज्ञानिकलाई सन् २०२२ देखि देशद्रोहको विभिन्न आरोपमा पक्राउ गरिएको छ ।
मङ्गलबार अदालतभित्रको भिडियोमा ट्यान ज्याकेट, गुलाबी सर्ट र जिन्स लगाउनुभएका मास्लोभ प्रतिवादीहरूका लागि काँचको कठघरामा उभिनुभएको थियो । उहाँका वकिलले लामो कारागार सजाय अनिवार्य रूपमा मृत्युदण्डको सजाय भएको बताउनुभयो । वकिलहरूले कोमर्सेन्ट दैनिकलाई यस वर्षको प्रारम्भमा पूर्व–परीक्षण हिरासतमा मास्लोभलाई हृदयाघात भएको र उहाँले आफूलाई उपलब्ध गराइएको कमजोर चिकित्सा हेरचाहको गुनासो गर्नुभएको बताउनुभयो ।
उहाँहरूले मास्लोभविरुद्ध प्रयोग गरिएका धेरै प्रमाणमा पहुँच नभएका कारण देशद्रोह र जासुसी मामिलामा रुसी अभियोजक तथा न्यायाधीशरूको साझा दृष्टिकोणसहित यसलाई शीर्ष गोप्य रूपमा वर्गीकृत गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह