
काठमाडौँ । हेलिकप्टर दुर्घटनामा जीवन गुमाएका इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि शुरु भएको छ ।
राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रायसी र उहाँको साथीहरूको अन्त्यष्टी जुलुसमा सहभागी हुनेको ठूलो भीड रहेको देखाइएको छ ।
राष्ट्रपति रायसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मशहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले घोषणा गर्नुभयो । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उहाँले बताउनुभयो । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रायसीको गृहनगर मशहदमा अवस्थित छ । मृतकका शव पवित्र सहर कोमको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ ।
तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रायसीको पार्थिव शरीरलाई मशहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा सारिनेछ जहाँ इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले प्रार्थना गर्नुहुनेछ । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गर्नुभएको हो र देशभरका कार्यालय बन्द गरी सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
इरानले जुन २८ मा राष्ट्रपति रायसीको उत्तराधिकारीका रूपमा नयाँ राष्ट्रपति चयन गर्ने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसदका प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखी जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मङ्गलबार जानकारी गराएको छ ।
हेलिकप्टर दुर्घटनाको अनुसन्धान शुरु भएको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीले मुद्दाको अनुसन्धान गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको सरकारी मिडियाले जनाएको छ । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने इरनाले जनाएको छ ।
इरानको संविधानअनुसार सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्नुभएको छ ।
मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रायसी, विदेश मन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सात जनाको मृत्यु भएको थियो । इरानमा सन् २०२५ मा राष्ट्रपतीय निर्वाचन हुने तय भएको थियो । उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम जिम्मेवारीमा नियुक्त गरिएको छ र इरानको मन्त्रिपरिषद्ले उपविदेश मन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह