
ललितपुर । काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक साताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ ।
निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक साताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले एक साताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने बताउनुभयो । ‘ललितपुरतर्फको ‘सिङ्गल लेन भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ । सो अनुसार हामीले तयारी गरेका छौँ’ महर्जनले भन्नुभयो ।
गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ‘ट्र्याक’ खन्न सुरू गरिएकामा सो काम विसं २०१६ मा सकिएको थियो ।
कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ । यसमध्ये बुद्धचोकदेखि—टीकाभैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने र बाँकी खण्ड निर्माण गराउने जिम्मा सडक डिभिजन कार्यालय ललितपुरले लिएको छ । यसअघि नै टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्मको सडक चौडा पार्ने काम पूरा भइसकेको छ ।
स्थानीयको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि विसं २०७६ सालमा सरकारले निर्णय गरेर सडकखण्ड टीकाभैरबबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको थियो । भैँसेपाटीसम्म सडक चौडा भइसकेको छ भने छम्पी टीकाभैरब खण्ड चौडा गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह