
कञ्चनपुर । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिनुभयो ।
उहाँ डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उहाँ महेन्द्रनगर झर्नुभएको हो । सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उहाँको योजना छ । ‘कुलुम र झाडु बिक्री गरेर रु दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ छु’ उहाँ भन्नुहुन्छ– ‘गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।’ उहाँले कुलुम प्रतिकिलोग्राम ८० रुपैयँँदेखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिनुभएको छ ।
म्रिसोबाट तयार गरिएको झाडु ६० रुपैयाँका दरले बिक्री हुने गरेको कृष्णाले बताउनुभयो । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपाती लगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।
खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताउनुभयो । ‘गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ’ उहाँले भन्नुभयो– ‘सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।’
परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउनुहुन्छ । उहाँ जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्नुहुन्छ । ‘गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ । अभावै अभावमा जीवन गुजा-यौँ । अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्’ उहाँले आग्रह गर्दै भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री