
काठमाडौँ । इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन शुरू भएको छ । इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’ विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिक रूपमा शुरु गरिएको हो ।
सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसङ्का प्रतिनिधि समेतको उपस्थिति रहेको छ । दशौँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ ।
सम्मेलनका अवसरमा बोल्नु हुँदै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसान खडेरीको चपेटामा पर्ने अनुमान गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो समयमा बालीमा भेला गरेर इन्डोनेसियाले पानीसँग सम्बन्धित विश्वव्यापी चुनौति पार गर्न गरेको सहयोगको प्रतिवद्धतालाई बलियो बनाउन विश्वले निरन्तर रूपमा हात मिलाउन सक्ने आशा गर्दछ ।’
विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पानीले मानिसलाई एकजुट गर्ने तर पृथ्वीलाई मानिसले क्षति पुर्याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताउनुभयो ।उहाँले भन्नुभयो– ‘यो त्रासदीबाट अवगत भएर यसलाई सुधार गरी हामी भावी पुस्तालाई आशा, इच्छा र शान्ति दिन चाहेका छौँ ।’
सम्मेलनले यस विषयमा व्यापक छलफल गरी सुधारका लागि आवश्यक निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह