
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन शुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन शुरु गरेको हो ।
आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिकसत्रको शुरुवातदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको उहाँले बताउनुभयो ।
‘स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा १–५ मा स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउँदै आएका छौँ’ अध्यक्ष तिवारीले भन्नुभयो– ‘स्थानीय पाठ्यक्रममा समेट्नुपर्ने विषय थोरै भएको र माथिल्ला कक्षामा दोहोरिने भएकाले जीवनोपयोगी शिक्षाको खोजी गर्नेक्रममा संस्कार शिक्षा उपयुक्त लागेकाले यसलाई थालेका हौँ ।’ डा स्वामी केशवानन्दद्वारा लिखित संस्कार शिक्षा लागू गर्ने देशभरमै पालिकास्तरमा अर्जुनचौपारी पहिलो भएको दाबी उहाँको छ ।
पाठ्यपुस्तकमा नैतिक ज्ञानगुनका विषयहरुलाई कथा, कविताकामाध्यमबाट प्रस्तुत गरिएको छ । ‘पछिल्लो समय आधुनिक शिक्षाको विकासक्रमसँगै संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा पछाडि पर्दै गइरहेका छन्’ अध्यक्ष तिवारीले भन्नुभयो– ‘सबैभन्दा पहिला संस्कारयुक्त व्यक्ति निर्माण गर्दै अन्ततः संस्कारयुक्त समाज निर्माण गर्न यो पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौँ ।’ हाल पठनपाठनमा रहेको संस्कार शिक्षाको भाग १, २ र ३ प्रकाशन गरी कक्षा ६, ७ र ८ मा लागू गर्ने उहाँले जानकारी दिनुभयो ।
संस्कार शिक्षाले हाम्रो रीतिरिवाज, परम्परा, चालचलन, संस्कार संस्कृतिहरुकाबारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने भएकाले पनि संस्कार संस्कृतिको रक्षाका लागि समय सान्दर्भिक रहेको अध्यक्ष तिवारीको भनाइ छ ।
पाठ्यपुस्तक पठनपाठन गर्ने क्रममा यसलाई अझै समयसापेक्ष परिमार्जन गर्दै विषयवस्तुलाई थप गर्दै लैजाने गरी तयारी भएको छ । अर्जुनचौपारी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी एघार विद्यालयमा चालु शैक्षिकसत्रदेखि संस्कार शिक्षा पठनपाठनमा भइरहेको छ । गाउँपालिकाले पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री