
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कका एक सय २५ विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । गरिबीका कारण छानो फेर्न नसक्दा वषौँबाट चुहिने फुसको छानोमा बस्दै आएका स्थानीयले छानो पाएका हुन् ।
यहाँका गरिबीका कारण चुहिने छानोमुनि बस्दै आएका परिवारको पहिचान गरेर छानो फेरिदिएको वडा कार्यालयले जनाएको छ । वडाको पहलमा सरकारको सघन सहरी कार्यालयमार्फत यहाँका ती परिवारको फुसको छानो हटाइएको वडाध्यक्ष नभराज माङपाहाङले जानकारी दिनुभयो ।
एक परिवारले ७५ हजार रुपैयँँ लगानीमा जस्तापाताको छानो पाएको वडाध्यक्ष माङपाहाङको भनाइ छ । वर्षातका समयमा फुसको चुहिने घरमा बस्दै आएका गरिब तथा विपन्न परिवारलाई राहत मिलेको वडाध्यक्ष माङपाहाङले बताउनुभयो । ‘हाम्रो वडाका एक सय २५ परिवारले जस्तापाताको छानो पाएका छन्’ उहाँले भन्नुभयो– ‘घरको छानो फेर्न नसक्दा वषौँबाट कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । हामीले आर्थिक अवस्था कमजोर भएका कारण समस्यामा रहेको स्थानीयलाई छानोको लागि सिफारिस गरेको हौँ । हालसम्म ९० परिवारले छानो फेरिसकेका छन् । बाँकीको पनि काम धमाधम भइरहेको छ ।’
स्थानीयलाई आगाजनीलगायत विपद्बाट बचाउनको लागि वडालाई फुसको छानोमुक्त बनाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ ।
गरिबीका कारण वषौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी भीमकुमारी विश्वकर्माले बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर भएको कारण लामो समयदेखि फुसको चुहिने छानोमा बस्दै आएका थियौँ’ उहाँले भन्नुभयो– ‘वडाको पहलमा राज्यको तर्फबाट टिनको छानो फेर्न पाउँदा खुशी लागेको छ । यसले भावी दिनमा दैनिकी कटाउन सहजता भएको छ ।’
लेकका ठाउँमा चुँहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी हर्कराज विश्वकर्माले बताउनुभयो । घरमा जस्तापाताको छानो लगाएकाले वर्षेनी छानो फेर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
‘राज्यले हाम्रो गरिबीलाई देखेको छ”उहाँले भन्नुभयो,“लेकको ठाउँमा चुहिने घरमा बस्दा वर्षातको समयमा जनजीवन निकै कष्टकर थियो । अहिले छानो पाएका छौँ । यसले हामीलाई निकै ठूलो राहत मिलेको छ ।’ घर चुहिने हुँदा चिसोका कारण दैनिकजसो बालबच्चासँगै वृद्धवृदालाई बिरामी हुने गरेको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी आशबहादुर राईले बताउनुभयो ।
‘चुहिने घरका कारण वर्षातको समयमा बालबच्चा तथा वृद्धवृदालाई चिसोबाट जोगाउन नै गाह्रो हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । म जस्ता विपन्न परिवारले निःशुल्क छानो पाएका छौँ । मलाई खुशी लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह