
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताउनुभयो । हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उहाँजस्तै धेरै मानिसहरू यहाँ आउने गरेका छन् ।
‘हाटखोली आएर पौडी खेलेका तस्बिर फेसबुकमा थुप्रै हेरेको थिए । तस्बिरमा यहाँको प्राकृतिक सौन्दर्यता हेर्दा मोहित बनायो’ उहाँले भन्नुभयो– ‘यही पुगेर पौडी खेल्दा खुबै आनन्द आउँदो रहेछ । ठाउँ पनि रमणीय छ ।’
गर्मी छल्नमात्र नभई पिकनिक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ ।
चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउनुहुन्छ । पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उहाँको ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उहाँले बताउनुभयो ।
‘प्राचीनकालदेखि नै गोठालाले पुज्ने गरेको त्यो मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि पूर्वाधार विकास सकेका छैनन् । यसतर्फ सरकारको ध्यान जान जरूरी छ’ विष्टले भन्नुभयो ।
स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटेल खुल्नेक्रम थपिएजस्तै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । ‘पर्यटकीय गतिविधि त बढे, अब यसबाट लाभ लिने गरी पूर्वाधार विकास र व्यवस्थापनका काम गर्नुपर्छ । त्यसले आर्थिक क्रियाकलाप बढोत्तरीमा टेवा पुर्याउने छ’ गुरुङको भनाइ छ।
त्यस क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठमन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ । हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ ।
हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब ८ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह