
काठमाडौंँ । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा०)का भारतको शोपियान जिल्लामा शनिबार साँझ गोली स्थानीय नेता एजाज अहमदमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । काश्मिरस्थित भाजपाको स्थानीय कार्यालयले अहमदको मृत्यु भएको पुष्टि गर्दै आक्रमणको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।
सोही दिन नजिकैको अनन्तनागमा सन्दिग्ध विद्रोहीको आक्रमणमा परी हिमालय क्षेत्रमा आएका दुई भारतीय पर्यटक पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा फौजले आसपासका क्षेत्रलाई घेराहाली छुट्टाछुट्टै घटनामा संलग्न आक्रमणकारीको खोजी गरिरहेको छ ।
सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित हुँदै आएको छ र दुवैले हिमालयक्षेत्रको पूर्ण दाबी गर्दै आएका छन् । भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले दशकौंदेखि भारत प्रशासित काश्मिरमा विद्रोह गर्दै आएका छन् । कतिपय समूहले आफ्नो क्षेत्रलाई पाकिस्तानमा विलयको मागसमेत गर्दै आएका छन् ।
भारतले विद्रोही लडाकुलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएको छ तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ । यस द्वन्द्वमा दशौं हजार सर्वसाधारण, सैनिक र लडाकूको मृत्यु भएको छ ।
सन् २०१९ मा मोदी सरकारले मुस्लिम बाहुल्य क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँ दिल्लीबाट प्रत्यक्ष शासनमा ल्याएपछि हिंसामा निकै कमी आएको छ । काश्मिरमा गत महिना भएको आम निर्वाचनमा मतदान शुरु भएयतो झडपका घटना भएको सुरक्षा बलल जनाएको छ ।
यसै महिनाको .शुरुमा संदिग्ध विद्रोहीले भारतीय वायु सेनाका एक सदस्यको हत्या गर्नुका साथै अन्य चार जना घाइते हुनेगरी आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह