
काठमाडौँ । इरानको एक अदालतले टाटालु भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर हुसेनलाई काराबास सजाय सुनाएको छ ।
टाटालुलाई ‘अश्लील सामग्री’ प्रसारित गरेको आरोपमा कारागार सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ । ३६ वर्षीय सङ्गीतकार मगसौदली गत वर्ष डिसेम्बरमा टर्कीए प्रहरीले इरानलाई सुम्पनुअघि सन् २०१८ देखि भूमिगत रूपमा इस्तानबुलमा बस्दै आएका थिए । त्यसबेलादेखि उनी इरानी हिरासतमा छन् ।
उनका वकिल एल्हम रहिमीफरले विस्तृत जानकारी नदिई टाटालुलाई ‘छोटो र लामो’ कारागार सजाय दिइएको बताउनुभयो । उहाँले सरकारी अखबार जाम–ए–जामलाई सजायविरुद्ध पुनरावेदन गर्न सकिने बताउनुभयो ।
पछि इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले टाटालुलाई ‘ईश्वर निन्दा’ का लागि ३ वर्षको कारागार सजाय दिइएको बताएको छ । मिजानले विस्तृत उल्लेख नगरी उनले अन्य आरोपको पनि सामना गर्नुपरेको बताएको छ ।
इरानको कानूनअन्तर्गत कारागार सजाय एकैसाथ चल्छ । टाटालुविरुद्ध मार्चमा ‘वेश्यावृत्ति’ लाई बढावा दिएको र इरान तथा अन्य ‘अश्लील सामग्री’ विरुद्ध ‘प्रचार’ फैलाएको आरोपमा मार्चमा मुद्दा शुरु भएको थियो ।
र्याप, पप र आर एन्ड बिको संयोजनका लागि परिचित अत्यन्त धेरै ट्याटु लगाएका गायक टाटालुलाई यसअघि रूढिवादी राजनीतिज्ञहरूले युवा, उदार विचारधारा भएका इरानीहरूसम्म पुग्ने तरिकाका रूपमा प्रस्तुत गरेका थिए । यहाँसम्म कि उनले सन् २०१७ मा अति–रूढिवादी तथा हालका इरानका राष्ट्रपति इब्राहिम रायसीसँग एउटा अप्ठ्यारो टेलिभिज बैठक पनि गरेका थिए ।
तेहरान र विश्व शक्तिहरूबीच ऐतिहासिक आणविक सम्झौता नसुल्झिरहेका बेला सन् २०१५ मा टाटालुले इरानको आणविक कार्यक्रमको समर्थनमा एउटा गीत प्रसारणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै