
काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देखि २३) सम्म आयोजना हुन लनगेको हो ।
नेपाल र अमेरिकको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार महोत्सवमा मूलतः नेपालका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र, सजीवता (एनिमेसन) लगायत विधाका चलचित्र प्रदर्शन गरिनेछन् ।
महोत्सवमा नेपाल बाहेक दक्षिण एशिया, अमेरिकासहित विश्वभर बनेका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवको शुरुवातमा नवीन सुब्बाले निर्देशन गर्नुभएको ‘गाउँ आएको बाटो’को प्रदर्शनी गरिनेछ भने समापनमा ‘द रेड सुटकेस’ देखाइने निर्देशक बराइलीले जानकारी दिनुभयो ।
‘नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेको चलचित्रमार्फत हामीले महोत्सव शुरुवात गर्दैछौँ । यसपटक नेपालको आमजनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रस्ट्याउनेछन् भन्ने हाम्रो आशा छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह