
उदयपुर । आज बिहानको हुरीले उदयपुरमा एक जनाको मृत्यु भएको छ । हुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोड रुप्रैयाँ भन्दा बढीको क्षति गरेको छ ।
हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियार मृत्यु भएको हो । परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिनुभएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा सडक छेउमा रुख ढल्दा ६८ वटा विद्युत्का खम्बा भाँचिएका छन् ।
विद्युत्का खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । त्यसैगरी त्रियुगा नगरपालिका–९ राजाबाससहित गैरुन क्षेत्रमा विद्युत्का खम्बा ढलेर विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीले बताउनुभयो ।
खम्बा भाँचिदा एक करोड ५० लाख भन्दा बढीको क्षति भएको अनुमान विद्युत प्राधिकरणको छ । विद्युत् सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ ।
हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह