
म्याग्दी । म्याग्दीमा ८ वर्षपछि बृहत् घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयन हुँदैछ ।
जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका छवटा वडाका दुई हजार पाँच सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको राससलाई बताउनुभयो । ‘आयोजनाको लागत ४८ करोड रुपैयाँ अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन’ उहाँले भन्नुभयो– ‘गत फागुनमा अर्थ मन्त्रालयले ३७ करोड रुपैयँँको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन थालिएको हो ।’
उपभोक्ताले ब्यहोर्नुपर्ने समग्र लागतको १० प्रतिशत बजेट आयोजना प्रभावित बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेका छन् । खानेपानी मन्त्रालयले डिपिआर स्वीकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गर्न सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले प्रक्रियागत काम थालेको हो ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले बहृत् घोप्टेखोला आयोजनाका लागि आह्वान गरिएको ठेक्कामा परेका छवटा कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको र चालु आवभित्रै सम्झौता गरिने जानकारी दिनुुभयो । बेनी– ५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।
आयोजनामार्फत २ हजार ५ सय ५३ घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताउनुभयो । चालु आवमा घोप्टेखोला खानेपानी आयोजनाका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।
ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले राससलाई जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री