
काठमाडौँ । नेपाल उद्योग परिसङ्घ र युरोपेली सङ्घका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
परिसङ्घका पदाधिकारी र युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान तथा नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोलगायतबीच आज भएको छलफलमा दुई पक्षबीच व्यापार सम्बन्ध सुदृढ गर्ने तथा नेपाली उत्पादनलाई युरोपेली बजारमा निर्यात क्षमता वृद्धि गर्ने बारेमा कुराकानी भएको थियो ।
छलफल सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोति गरेपछिको अवस्था, नेपालको उत्पादन र सूचना प्रविधि क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित रहेको परिसङ्घले जनाएको छ ।
छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपेली सङ्घबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराउनुभयो । उहाँले युरोपेली मुलुकमा सिधा हवाई उडान पुनः सञ्चालन गराउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपालका लागि इयूका राजदूत लोरेन्जोले युरोपेली सङ्घ नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यसप्रकार छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह