
रसुवा। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
चालु आर्थिक वर्षको चैतसम्म रसुवा जिल्लामा भएका विकास निर्माणको लेखाजोखा गर्न जिल्ला समन्वय समितिले आज सदरमुकाम धुञ्चेमा आयोजना गरेको समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको बताउनुभयो ।
उहाँले जिल्लाको समग्र विकासका कार्यक्रम तर्जुमा गर्दा कुनले के काम गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिबीच एकआपसी छलफल गरेर समन्वयात्मक तवरले अगाडि बढ्न आग्रह गर्नुभयो । मन्त्री जोशीले स्थानीय तहमा युवालाई रोजगार सिर्जना, बढी प्रतिफल दिने कार्यक्रम तर्जुमा गर्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य साङ्तेम्वा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष मानबहादुर तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङलगायतले रसुवाली सबैखाले विकास निर्माणका योजना तर्जुमा गर्नुपूर्व सबै पक्षको समन्वय गर्न जरूरी रहेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु