
काठमाडौँ । पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आइपुग्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुने यहाँस्थित संयुक्त राज्य अमेरिकी दूतावासले जनाएको छ । पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथ्य मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।
उहाँले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नुहुनेछ । उपनिर्देशक ह्वाइट भर्खरै नेपाल आइपुगेका १० जना ‘पिस कोर रेस्पोन्स भोलेन्टियर’हरूको सपथ ग्रहण समारोहमा पनि सहभागी हुनुहुनेछ ।
नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकलाई अल्पकालीन अवधिका, उच्च–प्रभाव दिने खालका कामहरू पूरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ ।
भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नुहुनेछ । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता प्राप्त परियोजनामा काम गर्दछन् । समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन् ।
हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकको संख्या ५० पुग्ने भएको छ ।
सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो । त्यसयता झन्डै चार हजार अमेरिकी नागरिकले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन् ।
विश्वभरिका सरकारको निमन्त्रणामा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता प्राप्त परियोजनामा समुदायका सदस्यसँग काम गर्दछन् ।
सेवाको माध्यमबाट पिस कोर सञ्जालका सदस्यहरूले स्थानान्तरण योग्य सीपका साथै अन्तरसांस्कृतिक क्षमता विकास गर्दछन् । यसले उनीहरूलाई अर्को पुस्ताका विश्वव्यापी नेतृत्वकर्ताका रूपमा तयार पार्दछ ।
सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पिस कोरको स्थापना गरेदेखि दुई लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिकहरूले विश्वभर १४२ वटा मुलुकमा सेवा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’