+

जलदेवता मानिने आँधीमूलका माछा मरे

तनहुँ । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन । उहाँले भन्नुभयो– ‘मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ ।’

आँधीमूलमा मरेका माछा र पोखरीको पानी परीक्षणका लागि मत्स्य विकास केन्द्र पोखरामा नमूना पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजेश चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गादेवी अर्याल लगायत जनप्रतिनिधिको टोलीले आजै घटनास्थलमा पुगेर जानकारी लिनुभएको छ । 

गाउँपालिकाका अध्यक्ष चुमानले परीक्षणको प्रतिवेदन आएपछि थप उपचार पद्धति अपनाइने जानकारी दिनुभयो । जलदेवताका रुपमा विश्वास गरिने पोखरीको माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको बताइन्छ । पोखरीमा रहेका माछा मरेमा पुजारीले निकालेर खाल्डो खनेर अन्त्येष्टि गरिँदै आएको मन्दिरका पुजारी युवराज मास्के बताउनुहुन्छ ।

मन्दिर परिसरमा रहेको माछा जोगाउनका लागि पोखरीमा तारबार गरिएको थियो । मन्दिर परिसरमा दुई पोखरी थिए । आँधीमूललाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने प्रयास थालिएको छ । प्राचीनकालदेखि नै यहाँस्थित रूखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । 

परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यस ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । 

यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सडक कालोपत्र गरिएको छ । पृथ्वीराजमार्गको सत्र सयदेखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । आँधीमूलमा रहेको मन्दिर, २३ धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । 

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । 

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ धारा लगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जा लगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । 

आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट