
काठमाडौँ । प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनी भन्दै चारजना पीडितबाट पटकपटक गरी एक करोड १८ लाख ५९ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
उनले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्याएकामा त्यहाँको अध्यागमनले नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुनः दिल्ली पु-याई होटलमा बन्धक बनाइएको र पीडितहरुले ३९ लाख रुपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रनाम ढकालले जानकारी दिनुभयो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा