
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षाको कारण विद्यालय बन्द गरिएको छ ।
भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन बिरेनले बताउनुभएको छ । राज्यमा दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ ।
कान्चिपुर र तेरा लगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेको छ । वर्षाले धेरै घर र सवारी साधनमा क्षति पुगेको द हिन्दू अखबारले रिपोर्ट गरेको छ । इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्ला मध्ये एक हो । यो राज्यको सबैभन्दा जनसङ्ख्या भएको जिल्ला समेत हो ।
राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेज बन्द रहनेछन् । वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।
उहाँले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताउनुभयो ।
यसैबीच भारतका केही भूभाग विशेषगरी पूर्वी, दक्षिणी र मध्य क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा